जेष्ठ २५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृसंगठनहरुको एकताको प्रकृया अघि वढेसँगै युवा संघ नेपाल र वाइसिएल नेपालको विधान तथा संगठनको संरचना प्रस्ताव समिति गठन गरेको छ ।
युवा संघ नेपाल र वाइसिएल नेपाल एकता कार्यदलको बैठक विहिवार नेकपाको कार्यालय पेरिसडाडामा सम्पन्न भयो । युवा संघ र वाइसिएल नेपालका ईन्चार्ज र अध्यक्ष क्रमश: महेन्द्र पाण्डे, मणि थापा, रमेशकुमार पौडेल र रामप्रसाद सापकोटा ‘दीपशिखा’ सदस्य रहेको कार्यदलले विधान तथा सगठनको संरचना प्रस्ताव समिति गठन गरेको छ ।
दुबै संगठनका महासचिवहरु क्रमश नरेश शाही र सुवोध श्रीपाली, सचिवहरु युवा संघबाट वचन सिह र रमेश आचार्य, वाइसिएलबाट ज्ञानेन्द्र गुरुङ रहेको समिति गठन गरिएको छ ।
त्यस्तै, ३० गते बिहान युवा संघ र दिउसो वाइसिएलको बैठक हुने भएको छ । दुबै बैठकलाई दुबै संगठनका ईन्चार्ज कमरेडहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने ३१ गते सयुक्त बैठक पार्टी कार्यालय पेरिसडाडामा बिहान ८ बजेबाट शुरु हुनेछ ।
त्यस्तै यो बैठकले अब बन्ने केन्द्रीय समितिको तयारी गर्न अध्यक्षलाई जिम्मेवारी दिएको छ । बैठकले संगठनहरुको एकता सकेसम्म छिटो टुङ्गोमा पुर्याउने समेत निर्णय गरेको छ ।










प्रतिक्रिया दिनुहोस्