समाचार

प्रदेश १ को सभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने



जेष्ठ २५, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ को सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रधानमन्त्री ओली प्रदेशसभाको जारी अधिवेशनलाई यही जेठ २६ गते सम्बोधन गर्ने जानकारी दिएका हुन्। प्रदेश सरकार अहिले नीति तथा कार्यक्रमसँगै बजेटको तयारीमा व्यस्त छ। यसअघि पूर्वबजेट छलफलका लागि प्रदेशसभाको बैठक तीन दिन बसेको थियो। प्रदेशसभाको बैठक शुक्रबार बस्दैछ। रासस