समाचार

त्रिशुलीमा ट्रक दुर्घटना, चालकसहित दुईजना बेपत्ता



जेष्ठ २६, धादिङ । पृथ्वीराजमार्ग अन्तरगत धादिङको बेनिघाटरोराङ गाउँपालिका जोगिमारामा शुक्रबार राति सिमेन्ट बोकेको ट्रक त्रिशुली नदीमा दुर्घटना हुदा दुई जना बेपत्ता छन् ।

भैरहवाबाट सिमेन्ट लिएर काठमाडौंका लागि छुटेको ना ५ ख ३४१५ नम्बर को ट्रक दुर्घटना भई त्रिशुल नदी खसेको हो ।

सिन्धुपाल्चोक बाह्रबिसे घर भएका २७ वर्षीय चालक टोपबहादुर श्रेष्ठ त्यस्तै सहचालक १९ वर्षका तुलसी दुलाल हराइरहेका छन् । दुर्घटनामा घाइते एकको सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको छ ।

बेपत्ता भएकाको खोजी कार्य भइरहेको भए पनि नदी बढेकोले खोज कार्यमा कठिनाइ भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक संजय तिमल्सीनाले जानाकारी दिएका छन् ।