समाचार

नागरिकलाई आतंकित पार्ने, हिंसाको बाटो रोज्ने कसैलाई सरकारले छाड्दैन : प्रम ओली



जेष्ठ २६, विराटनगर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको आतंकित पार्ने, हिंसाको बाटो अवलम्बन गर्ने जो कोहीलाई सरकारले छुट नदिने चेतावनी दिएका छन् ।

प्रदेश नम्बर १ को प्रदेशसभालाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नागरिकको जीउ धनसँग खेलबाड गर्ने छुट कसैलाई नरहेको बताएका छन् । नागरिकको शासन स्थापित भइसकेको भन्दै प्रम ओलीले विप्लव प्रति संकेत गर्दै भने चन्दा उठाउनकै लागि अझै पनि क्रान्ति भन्दै हिँडेको बताएका छन् । अब कसका लागि आन्दोलन ? कस्का लागि क्रान्ति ? भनी प्रश्न समेत गरेका छन् ।

प्रधानमन्त्री ओलीले राष्ट्र र राष्ट्रियताको लागि वर्तमान सरकार जस्तो सुकै कार्य गर्न एक इन्च पनि पछि नहट्ने बताउँदै सार्वभौमसत्ता, अखण्डतामा प्रश्न उठाउने विरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुने उल्लेख गरेका छन् । उहाँले पृथकतावाद, बिखण्डनवाद, भौगोलिक अखण्डतालाई बिथोल्ने काम स्वीकार्य हुनै नसक्ने समेत उल्लेख गरेका छन् ।