राजनीति

निर्माण क्षेत्रको एकाधिकार तोडिन्छ, सचेत हुनुहोला : अध्यक्ष प्रचण्ड



जेष्ठ २६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार विकास र समृद्धिको यात्रामा अघि वढेकाले निमार्ण व्यवसायको क्षेत्रको एकाधिकार तोडिने बताएका छन् ।

निर्माण व्यवसायीको प्रतिनिधिमण्डलसँग पेरिसडाँडामा आज भएको छलफलमा अध्यक्ष दाहालले भने “सरकार निजी क्षेत्रलाई निरुत्साहित गर्ने पक्षमा छैन । साना निर्माण व्यवसायीले काम नपाउने र ठूला व्यवसायीले काम होल्ड गर्दा विकासका काम रोकिएका छन् । हाम्रो उद्देश्य विकास र समृद्धिको यात्रालाई द्रुत गतिमा अघि बढाएर जनताको अपेक्षा पूरा गर्नु हो । काम रोक्ने तर समयमै काम सम्पन्न नगर्ने समस्या छ । ठेक्का लिएर काम सम्पन्न नगर्ने प्रवृत्तिप्रति सचेत हुनुहोला ।”

अध्यक्ष प्रचण्डले भने सरकारले व्यवसायीलाई काम गर्ने वातावरण दिनुपर्ने र व्यवसायीले पनि सम्झौता अनुसारको काम गर्नुपर्छ । राज्य पनि कानूनबमोजिम चलोस्, व्यवसायीले पनि सम्झौताअनुसार काम गरुन्, त्यसले बल्ल देश बन्छ ।”

भेटमा व्यवसायीले सरकारले साना व्यवसायीलाई मात्र दबाब दिएको छ, ठूला व्यवसायीका कारण देशको विकास लथालिंग छ, त्यतातिर सरकारको ध्यान जाओस् भन्ने धारणा व्यक्त गरेका छन् । छवटा कम्पनीले ठेक्का होल्ड गर्ने काम नगर्ने गर्दा देश बर्बाद भयो नेपाल राष्ट्रिय निर्माण व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष नवराज खड्काले जानकारी गराएका छन् ।