जेष्ठ २८, धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृसगठन युवा संघ नेपालका केन्द्रिय अध्यक्ष रमेश पौडेलले संघ सस्था दर्ता ऐन २०३४ का कारण मुलुकमा सिन्डिकेट पैदा गरेका कारण तत्काल खारेजीको माग गरेका छन् ।
युवा संघ नेपाल सात नं. प्रदेशको बैठकलाई धनगढीमा उद्घाटन गर्दै सरकारले ल्यायेको बजेट युवा मैत्री रहेको र नेपाली अर्थतन्त्रलाई सुहाउँदो र यथार्थ परक रहेको बताएका छन् । मुलुकको समृद्दीको अभियानको नेतृत्व युवाहरुले गर्ने र अब हरेक युवालाई सीपमा जोडिने बताएका छन् ।
कार्यक्रममा युवा संघका बरिस्ठ उपाध्यक्ष किरण पौडेलले अब प्रविधीको जमानामा हाम्रा कार्यक्रम र दृस्टीकोण पनि प्रविधी मैत्री रहने बताएका छन् ।
कार्यक्रममा संघका सचिव बच्चन सिंह, कोषध्यक्ष अमित लामा लगायतले हआ आफ्नो धारणा व्यक्त गरेका थिए । कार्यक्रमको सभापतित्व प्रदेश इन्चार्ज एबम सचिव सुरेन्द्रमान कार्कीले गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्