राजनीति

नेविसंघको कार्यक्रम : सभापति देउवामाथि नेताहरूको हमला



जेष्ठ २८, काठमाडौं । नेपाल विद्यार्थी संघले काठमाडौंमा आयोजना गरेको एउटा कार्यक्रममा भेला भएका सबै नेताहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको चरम आलोचना गरेका छन् ।

कार्यक्रममा बोल्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति देउवाकै कारण पार्टीमा न्याय, निष्पक्षता र पारदर्शीता चाहिने बताएका छन् । देउवाका कारण पार्टी कमजोर भएको, संसदमा कमजोर प्रतिपक्ष बनेको, पार्टी स्वेच्छाचारी ढंगले अघि बढेको आरोप नेता नेता पौडेलले आरोप लगाएका छन् । त्यस्तै नेता पौडेलले भने ‘शेरबहादुरजीले जस्तो पार्टीलाई कमजोर बनाउँदिन, नयाँ ठाउँमा पु¥याउँछु, साथीहरूले मलाई सहयोग गर्नुपर्यो ।’ सैद्धान्तिक हिसावले कांग्रेसको जीत भएको भएपनि संगठनका हिसावले अहिले कांग्रेस सबैभन्दा कमजोर दल बताउँदै नेपाल प्रयोगशाला नभएकोले सचेत रहन सरकारलाई आग्रह समेत गरेका छन् ।

सोही कार्यक्रममा बोल्दै कांग्रेस नेता प्रकाशमान सिंहले पार्टी भित्र धेरै रोग भएको र अहिले नेविसंघमा पनि त्यो रोग सल्किएकोले यसलाई समाधान गर्न सबै एक भएर लाग्नुपर्छ बताउँदै पार्टी सभापतिले एकतर्फि ढंगले पार्टी चलाउँदा यस्तो अवस्था आएको बताएका छन् ।

कार्यक्रममा बोल्दै नेता कृष्ण प्रसाद सिटौलाले कांग्रेस चाकडीवाद गर्दै संसदको समानुपातिक सूचीमा कांग्रेसले मालिकहरुलाई मात्रै खोज्यो त्यही भएर मजुदरले भोट नदिएका कारण काग्रेसको हार भएको बताएका छन् ।