बजारमा अखाद्यवस्तु धेरै भेटिएको समाचार आजको नागरिक दैनिकले छापेको छ । समाचाकोे अनुसार बाबा भेजिटेबल आयल उद्योगले उत्पादन गरेको सोयाबिन आयलमा पेरोक्साइड भ्यालु बढी भेटिएको छ । बाबा तेलमात्र नभएर कुसुम आयल, बागमती, स्वस्तिक, आरतीलगायतका खाना पकाउने तेल दूषित र गुणस्तरहीन भेटिएको गुण नियन्त्रण विभागले जनाएको छ । गुणस्तरहीन तेल प्रयोग गर्दा झाडापखाला, टाइफाइड, कमलपित्त, पाचनप्रणाली, कलेजो र मिर्गौलासम्बन्धी रोग लाग्ने चिकित्सक बताउँछन् ।
तेलमात्र नभएर खाद्यान्न, तरकारी, फलफूल, पेय पदार्थ, मासु, पानी, दूध, मिठाईंमा पनि मानव स्वास्थ्यमा असर पार्ने विभिन्न रसायन मिसावट गरेर बिक्रीवितरण गरेको भेटिएको छ । एसियन थाई फुड्सले उत्पादन गरेको तयारी चाउचाउमा चिल्लोको एसिड भ्यालु बढी भएकाले न्यून गुणस्तर भएको विभागले जनाएको छ ।
हनुमान ड्रिङकिङ वाटरमा मेसोफिलिक काउन्ट र रारा पानीमा पिए बढी भेटियो भने कतिपय कम्पनीको दूधमा दिसामा हुने तत्व कोलिफर्म भेटिएको छ । दैनिक उपभोग्य वस्तुको नमुना संकलन गरेर प्रयोगशालामा गरिएको परीक्षण गर्दा दूषित र गुणस्तरहीन भेटिएको विभागले जनाएको छ ।विभागले गरेको अनुगमनमा वैशाखमा मात्र करिब १७ उद्योगका उत्पादन गुणस्तरहीन भेटिएका छन् । तेल, चामल, दाल, बेसार, भुजा, आइसक्रिम, पानी, दूध, दही, चाउचाउ, बिस्कुट दुषित र गुणस्तरहीन भेटिएपछि विभागले उत्पादकविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको छ ।
तेल, चामल, दाल, बेसार, भुजा, आइसक्रिम, पानी, दूध, दही, चाउचाउ, बिस्कुट दुषित र गुणस्तरहीन भेटिएपछि गुण नियन्त्रण विभागले उत्पादकविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको छ । पानीपुरी र चटपटेमा प्रयोग हुने रङ र तेल पनि गुणस्तरहीन भेटिएको छ । केही समयअघि आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनका क्रममा पानीपुरी पकाउँदा प्रयोग गर्ने कुहिएको गुणस्तरहीन तेल बरामद गरेको थियो। पानीपुरीमा मोबिलजस्तो कालो तेल प्रयोग गर्ने गरेको भेटिएको विभागका अनुगमन निरीक्षक दीपक पोख्रेलले बताए।










प्रतिक्रिया दिनुहोस्