समाचार

नारायणगढ–मुग्लिङ सडक अवरुद्ध



जेष्ठ २९, चितवन । सोमबार साँझ परेको पानीले नारायणगढ—मुग्लिङ सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

राति ११:२० बजेदेखि अवरुद्ध सडक मंगलबार बिहान ३ः२० बजे एकतर्फी सञ्चालनमा आएको थियो । बिहानैदेखि पहिरो पन्छाउने कार्य भइरहेको छ । पहिरो पन्छाउने कार्य भइरहेका कारण सवारी आवागमनमा भने समस्या भएको जिल्ला प्रहरी कार्यालय, चितवनले बताएको छ ।

सो सडकको मुग्लिङ नजिकै कालीखोला, जलविरेलगायतका सातभन्दा बढी ठाउँमा पहिरो खसेको छ ।