राजनीति

बजेट मत तान्ने खालको नभएर राष्ट्रिय अर्थतन्त्रलाई सन्तुलनमा ल्याउने : अध्यक्ष दाहाल



जेष्ठ २९, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले जनमुखी योजनाहरु धेरै ल्याएको र अझ वढी थप गर्दै देश विकासको निम्ती गियर लगाईएको र अव उडान भर्दो जाने बताएका छन् ।

प्रेस चौतारी र प्रेस सेन्टर नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले बजेट मत तान्ने खालको नभएर राष्ट्रिय अर्थतन्त्रलाई विस्तारै सन्तुलनमा ल्याउने खालको भएको बताएका छन् । फौज्दारी अभियोग लागेका सांसद्लाई नियमावलीका वारेमा जनतालाई कुरा बुझाउन नसक्दा नियमावलीको विषयमा मतभेदजस्तो देखिए पनि नियमावलीको भाषा निलम्बनबाहेक अरु अर्थ लाग्ने खालको भएको बताएका छन् ।

काम नगर्ने ठेकेदारलाई सरकारले कडाइपूर्वक कारवाही गर्ने प्रष्ट पार्दै अध्यक्ष दाहालले भने “म जसको घरमा बसेको छु त्यो घरको मान्छेले पनि गल्ती ग¥यो भने कारवाही हुन्छ । मिडियाले आफ्ना लागि कोड अफ कन्डक्ट आफैँ बनाउनुपर्ने आवश्यकता बनेको छ । प्रेसको पनि मूल्य, मान्यता र आचारसंहिता हुन्छ, त्यो कुरा प्रेसले नै निधो गरोस् ।”

अध्यक्ष दाहालले एउटै पार्टीका सभामुख, उपसभामुख तथा राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्ष हुनुहुन्न भन्ने विषयको प्रष्ट पार्दै भने वर्तमान सभामुख, उपसभामुख, राष्टिय सभा अध्यक्ष, उपाध्यक्ष कुनै राजनैतिक दलका नभएको जिकिर गरेका छन् ।