स्वास्थ्य

गर्मी मौसममा स्वस्थ रहन कस्तो फलफूल खाने ?



जेठ २९, काठमाडौँ । गर्मी मौसममा शरीरलाई स्वस्थ र फूर्तिलो बनाई राख्नको लागि प्रशस्त मात्रामा फलफूलको सेवन गर्नु आवश्यक हुन्छ । तर कस्तो फलफूल खाने भन्ने विचार पुर्याउनु राम्रो हुन्छ ।

गर्मि मौसममा खाने फलफूल :

काँक्रा – ९६ प्रतिशत पानीको मात्रा हुने भएकाले गर्मी मौसममा यसको सेवन गर्नु उपयुक्त हुन्छ । यसले शरीरको भित्री तथा बाहिरी अंगलाई मजबुत बनाइ राख्न मद्दत गर्दछ ।

खरबुजा –  गर्मी मौसममा पाइने  हुनाले शरीरमा शीतलता प्रदान गर्दछ । यसले पेटसम्बन्धी समस्या ग्याँस्ट्राइटिस, कब्जियत बाट मुक्ति मिल्छ ।

अंगूर – यसमा प्रशस्त मात्रामा एन्टीअक्सिडेन्ट नामक तत्व पाइन्छ जसले मानसिक तनाव कम गर्नुका साथै शरीरमा भोक तथा प्यास मेटाउन मद्दत गर्छ ।

आँप   आँपलाई २ देखि ३ घन्टासम्म पानीमा डुबाएर खानाले शरीरमा शीतलता प्रदान गर्छ । यसले शरीरमा शक्ति पैदा गर्छ ।

लिची –  यसको सेवनले शरीरलाई शीतलता प्रदान गर्नुका साथै मस्तिष्कलाई चुस्त बनाइ राख्न मद्दत गर्छ ।