Banner News

सरकारले विकास र समृद्धिको बाटोमा हिड्दै समाजवाद निर्माण गर्छ : अध्यक्ष प्रचण्ड



जेष्ठ ३०, चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको बर्तमान सरकारको लक्ष्य भनेको नै विकास र समृद्धिको बाटोमा हिडेर समाजवादमा पुग्ने भएको बताएका छन् ।

भरतपुर महानगरपालिका, मंगलपुरको शिवराम चोकमा निर्मित शहीद शिवराम स्मृति प्रतिमाको आज अनावरण गर्दै वर्तमान सरकार अवको पाँच वर्षसम्म कसैले हल्लाउन पनि नसक्ने दावि गरेका छन् । सरकारले जनअपेक्षा अनुसारको कार्यहरु शूरुवात गरिसकेको र अवका दिनमा अझ वढी जनमुखी कार्य अघि वढाउने बताएका छन् ।

स्थानीयवासी शिवहरि तिमिल्सिना र रामकृष्ण तिमिल्सिना नामबाट चोकको नामकरण गरी प्रतिमा निर्माण गरिएको हो । शिवहरि २०६९ असोज १७ गते स्याङ्जामा मारिएका थिए भने रामकृष्ण विसं २०६० फागुन १७ गते रुपन्देहीमा मारिएका थिए ।