समाचार

दोश्रो विश्वयुद्ध लडेका कलाकार थापाकोअम्तिम बिदाई…



जेठ ३०, काठमाडौँ । दोस्रो विश्वयुद्धमा लडेका बरिष्ठ कलाकार भिमबहादुर थापाको पशुपति आर्यघाटमा दाहासंकार गरिएको छ ।

पशुपति आर्यघाटमा उनको अन्तिम श्रद्धाञ्जली गरिएको थियो । उनलाई  अन्तिम श्रद्धाञ्जली दिनका लागि  चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, वरिष्ठ कलाकार निर शाह, कलाकारहरु बसुन्धरा भुषाल, चैत्यदेवी, रविन्द्र खड्का लगायतका कलाकारले को उपस्थिति थियो ।

थापाको जन्म वि.सं १९८३ साल असार १३ गते खोटाङ जिल्लाको रावा, लामिडाँडामा भएको थियो । थापा सन् १९४२ मा वृटिश आर्मीमा भर्ना भइ सन् १९४५ को दोश्रो विश्वयुद्धमा समेत लडेका थिए । उनी दोश्रो विश्वयुद्धको समाप्तीपछि विरताको कदरस्वरुप प्रदान गरिएको डिफेन्स मेडल, जनरल सर्भिस, ब्रह्मास्टार जस्ता तक्मा छातीमा लगाएर त्यसबेलाको २-३ हजार भारु बोकेर गाउँ फर्किएका थिए ।

नेपाल आर्मीको मेजर सम्मको पदमा पुगेका थापाले उमेर हकका कारण वि.सं २०३९ सालमा जागिरबाट अवकाश पाएका थिए । उनको निधनमा नेपाली सेनाले सलामी दिदै सम्मान प्रकट गरेको थियो ।