जेष्ठ ३१, काठमाडौं । नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकबाट नेपाल टेलिभिजनको अध्यक्षमा डा. महेन्द्र बिष्ट र राष्ट्रिय समाचार समितिमा हरिहर अधिकारी (श्यामल) लाई नियुक्त गरेको छ ।
बिहीबार बसेको बैठकले एसियाली विकास बैंक (एडीबी)का बैंकल्पिक निर्देशक डा. सोमलाल सुवेदीलाई फिर्ता बोलाएको छ । उनको ठाउँमा अर्थ मन्त्रालयका सहसचिव रामशरण पुडासैनीलाई पठाउने मन्त्रिपरिषद्को निर्णय छ । पूर्वमुख्य सचिव समेत रहेका सुवेदीलाई फिर्ता बोलाएको हो । उनी एडीबीका उपकार्यकारी निर्देशक हुन मुख्य सचिव पद छाडेर गएका थिए ।
उनको मुख्यसचिव कार्यकाल २० साउन २०७५ सम्म थियो । तर, एडीबीको जागिरका लागि मुख्यसचिव पद अतिरिक्त समूहमा राखेर मनिला गएका थिए । यसको सर्बत्र आलोचना भएपछि सुवेदीले मुख्यसचिव पदबाट राजीनामा दिनु परेको थियो ।










प्रतिक्रिया दिनुहोस्