असार १, एजेन्सी । अमेरिकाका ५५ वर्षका तैयबले ५ डलर सुन्तलाको जूसको बोतल किनेर ल्याए । महंगो हालेको भनेर उनकी पत्नीले जुस फिर्ता गर्न पठाइन । उनले किनेको जूस फिर्ता गरेर तिरेको पैसा फिर्ता लिए ।
त्यो जुस पसलम चिट्ठा खुलेको रहेछ । जित्नेले ३०६ मिलियन डलर पाउने रहेछ । त्यसपछि उनले उक्त लट्रीको टिकट खरीद गरेर घर आए ।
चिट्ठा खरीद गरेको भएपनि उनलाई चिट्ठा पर्छ भन्ने कुनै आशा थिएन । उनी आफ्नो गाडी धुनका लागि सोही स्टोरको बाटो हुँदै ग्यारेजतर्फ गैरहेका थिए । त्यो पसल अगाडि पुग्ने बित्तिके उनले हिजो खरीद गरेको चिट्ठाको नतिजा चेक गर्ने हेक्का आयो । त्यसपछि उनले टिकट त्यहाँ रहेको मेसिनमा स्क्यान गरे ।
मेसिनमा टिकट स्क्यान गर्दा टिकट बिक्रेतालाई देखाउनु भन्ने सन्देश प्राप्त भयो । उनलाई लाग्यो कि मेसिनमा गडबडी भएकाले त्यो भनियो । उनले सोही सोँचेर उक्त टिकट पसलेलाई दिए । जब पसलेले उक्त टिकट चेक गरे, तब होसहबास नै उड्यो । किनकि तैयबलाई भाग्य चिठ्ठा परेको थियो र उनले ३१ करोड ५३ लाख डलरको चिट्ठा जितेका थिए । यो सुनेपछि उनको खुसीको सिमाना रहेन ।
प्रतिक्रिया दिनुहोस्