राजनीति

बजेटको विरोध नगर्न नेकपाका सांसदलाई प्रधानमन्त्रीको निर्देशन



असार २, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले बजेटमा भएका त्रुटीलाई आगामि दिनमा सच्याउँदै जानुपर्ने भन्दै बजेटको आलोचना नगर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।

सत्तारुढ सांसदहरुबाटै बजेटको चर्को आलोचना भएपछि प्रधानमन्त्री ओलीले संसदीय दलको बैठक बोलाई बजेटको बचाउमा उभिन सांसदहरुलाई निर्देशन दिदै प्रधानमन्त्री ओलीले विरोध मात्रै गरेर समाधान नहुने बताएका छन् । उनले भने केही गुनासाहरु छन् भने राख्नुस् । सम्बोधनको प्रयास हुन्छ ।’