समाचार

‘नेशनल युथ फेष्ट’, राजनीतिक र कलासँग संगै : नेता भट्टराई



असार २, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा सांसद योगश भट्टराईले नेशनल युथ फेष्टलाई सम्वोधन गर्दै नेपाली युवामा राजनीति र कलाको चर्चा गरेका छन् ।

नेशनल कलेज धुम्बराही काठमाडौंले आयोजना गरेको नेशनल युथ फेष्टको दोस्रो दिन (शनिवार)को कार्यक्रममा वोल्दै नेता भट्टराईले युवाहरुलाई देशमै प्रचुर संभावन र अवसरहरु रहेको छ भन्दै वर्तमान सरकारबाट भरपुर मात्रामा आशाबादी हुन आग्रह गरेका छन् । कार्यक्रमलाई बोल्दै सांसद भट्टराईले भने “अव आउने पुस्ताले ब्यबस्था परिवर्तनको लागी जेल बस्नु पर्दैन, अव हामी सम्वृद्धिको बाटोमा जाने हो । नेपाल असंख्य संभावना भएको देश हो । नेपाल एक सहिषुण देश हो । सबै जात जातीहरु मिलेर बसेका छन् कसैले पनि असुरक्षित महशुस गर्नुपर्दैन ।”

नेपाल तरुण दलका पूर्व केन्द्रिय अध्यक्ष तथा युवा नेता उदय शम्शेर राणाले जलविद्युत, पर्यटन, कृषि लगाएत क्षेत्रमा लगानी गरी स्वदेशी उत्पादन वृद्धि गर्नुपर्ने बताएका छन् । त्यस्तै राणाले सैद्घान्तिक शिक्षा भन्दा पनि ब्यबहारिक शिक्षामा जोड दिन आग्रह गरेका छन् । उनले देश भित्र युवा स्वरोजगार र उद्यमशिलतालाई प्राथमिकता दिन आवश्यक छ । जीवन उपयोगी र जीविकोपार्जन गर्न सकिने शिक्षा नेशनल कलेजले प्रदान गरेकोमा हार्दिकता समेत ब्यक्त गरेका छन् ।”

देशै भरिबाट सहभागी युवाहरुलाई युवा उद्यमी तथा डिस होमका निर्देशक सुदिप आचार्य, मिस नेपाल अर्थ प्रिया सिग्देल लागायतका बक्ताहरुले उच्च माध्यामीक तहको अध्ययन सकिएका युवाहरुको जिज्ञासाहरुलाई सम्बोधन गर्दै देशमै रोजगारीका थुप्रै संभावना रहेकोले नेपालमै बसेर अध्ययन र रोजगारी गर्दा सानो भइन्दैन भन्ने भावनाको विकाश गर्नु पर्ने बताएका छन् । त्यस्तै युवाहरुलाई नेपालमै अध्ययन गर्न र रोजगारीका क्षेत्रहरुको विकास र विस्तार गरी अघि वढ्न आग्रह गरेका छन् ।

त्यस्तै प्रिया सिग्देलले युवाहरु भएर अथक मिहेनेत गरेर नै सफलता चुम्नु पर्ने बताएका छन् । उच्च माध्यामिक तहका विद्यार्थीहरुको ब्यक्तित्व विकास एवं क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेशनल कलेजले पहिलो पटक ‘नेशनल युथ फेष्ट’ आयोजना गरेको जनाएको छ । तीन दिसम्म चल्ने युथ फेष्टमा कार्यक्रममा राजनीतिक, खेलकुद, युवा उद्यमी र जीवनका विभिन्न क्षेत्रमा ख्याती प्राप्त गरेका व्यक्तित्वहरुसँग अन्र्तक्रिया गर्ने कार्यक्रम राखिएको आयोजक समितिका समुन्द्र तिमल्सिनाले जानकारी दिए ।