Banner News

प्रधानमन्त्रीज्यू कि चुनाब गर्नुहोस् कि बाटो छोड्नुहोस् –ढसमस बाटोमा नबस्नुहोस् एमाले पेलेर अघि बढ्छः योगेश



भक्तपुर,६ फागुन । नेकपा एमालेका सचिव एंवम प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाललाई तत्काल निर्वाचनको घोषणा गरेर मुलुकलाई निकास दिन आग्रह गरे । नेता भट्टराईले रफ्तसञ्चार क्लब भक्तपुरद्धारा आयोजित कार्यक्रममा त्यस्तो आग्रह गरेका हुन् ।

चुनाव पनि नगर्ने सत्ता पनि नछोड्ने यस्तो अवस्थाले मुलुकमा संकट निम्ताउँछ भन्दै निर्वाचन नगर्ने हो भने दाहालले बाटो छोडिदिनुपर्छ । बाटो पनि नछोड्ने निर्वाचन पनि नगर्ने बाटो जाम गरेर ढसमस वसिरहने यदि प्रधानमन्त्रीले त्यस्तो सोच राखेका छन भने त्यो साकार हुँदैन् ।

एमाले पेलेर अघि बढ्छ । एमालेसंग त्यो तागत र शक्ति छ ।उनलृ भने – चुनाव पनि नगर्ने प्रधानमन्त्री भने भैराख्ने त्यस्तो कदापि हुँदैन् । चुनाव नगर्ने हो भने नैतिकताको आधारमा सरकार छोडिदिनु पर्छ । त्यसपछि प्रमुख तीन दल र अरु पनि पार्टीहरु मिलेर चुनाव सरकार निर्माण हुन्छ । निर्वाचनको विकल्प छैन भन्दै नेता भट्टराईले थपे– संविधान संशोधन तुल्सीको मठमा पल्टिरहेको छ ।

प्राकृतिकरुपमा त्यसको मुत्यू भैसक्यो, प्राविधिकरुपमा मात्रै त्यसको धुकधुकी बाँकि छ । उनले अगाडि भने– तराईमधेशका जनताले पनि निर्वाचन चाहिरहेका छन् । जनताहरु गाउँको, प्रदेशको अध्यक्ष हुन चाहान्छन् । अर्थात उनीहरु जनप्रतिनिधिका रुपमा आफ्नो गाउँ–ठाउँको विकास गर्न चाहान्छ भन्दै नेता भट्टराईले थपे– निर्वाचन नचाहिने त तराईका केही सामान्ती सोच भएका सामान्त मात्रै हुन् ।

निर्वाचन भयो भने आफ्नो रवाफ घट्छ भन्ने सोचका साथ निर्वाचनको उनीहरुले विरोध गर्दै आएका छन, अर्थात जसरी पनि निर्वाचन विथोल्ने कसरतमा लाग्दै आएका छन् । जसले अहिले निर्वाचन पहिले होइन, भन्दै आएका छन उनीहरुले पनि निर्वाचनमा भाग लिएर आफ्नाृ एजेण्डालाई टेष्ट गर्नु पर्छ भन्दै उनले थपे– केही मधेशवादी दलहरुले उठाउँदै आएको एजेण्डा ठिक होकि बेठिक भन्ने कुरा जनताले छुट्टाउनु पर्दैन ?

स्थानीय तहको पुनः संरचना आयोगको प्रतिवेदनलाई जस्ताको तस्तै कार्यान्वयन गरेर प्रदेश सभा, प्रतिनिधिसभाको निर्वाचन क्षेत्र निर्धारण अयोग गठन, निर्वाचनसँग सम्बन्धीत कानुनहरु निर्माण गर्ने कामसहित निर्वाचन वातावरण उनको भनाइ छ ।

एमाले नयाँ सरकार गठनको कसरतमा नलागेको बताउँदै संविधान कार्यान्वयनको लागि निर्वाचनको पक्षमा एमाले रहेकाले कसैले भ्रम फैलाउँदैमा एमालेलाई केहि फरक नपर्ने उनले बताए ।
एमालेको सम्पन्न पोलिटब्यूरो बैठकले १२ बुँदे प्रस्ताव पारित गरेको जानकारी दिदै सरकारले बैशाख महिनाभित्र जसरी पनि निर्वाचन गरिसक्नुपर्ने उनले बताए ।

सरकारले जेठसम्म निर्वाचन गर्ने घोषणा गरिसकेको अवस्थामा निर्वाचन मिति घोषण नगर्नु निर्वाचन नगर्ने षड्यन्त्र भएको उनले बताए ।

आगामी फागुन २१ गतेदेखि एमालेले मेची महाकाली जागरण अभियान सञ्चालन गर्न लागेको बताउँदै एमालेले आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याइसक्ने बताए । उनले एमालेको लोकप्रियता देखेर कुनै पनि राजनीतिक शक्तिलाई नआत्तिनसमेत आग्रह गरे ।