Banner News

गलत काम गर्ने व्यवसायीमात्र होइन प्राविधिकलाई पनि कारवाही : मन्त्री महासेठ



असार ३, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विकास निमार्णको जानी जानी गतल काम गर्ने व्यवसायीलाई मात्र नभई प्राविधिकलाई पनि कारवाही गर्ने चेतावनी दिएका छन् ।

निर्माण व्यवसाय विकास परिषद्को बैठकमा मन्त्री महासेठले व्यवसायीलाई विगतमा जस्तो व्यवहार नगरिने तथा कुनै किसिमको धरपकड नगरिने प्रतिबद्धता जनाएका छन् । नेपाल निर्माण व्यवसायी महासंघ प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै मन्त्री महासेठले निर्माण व्यवसायीलाई धरपकड भएमा तुरुन्त आफूलाई खबर गर्न समेत आग्रह गरेका छन् ।

कार्यक्रममा वोल्दै मन्त्री महासेठले भने “कतै रुख काटेको हुँदैन, कतै बिजुलीको पोल सारेको हुँदैन, यस्ता कारणले पनि निर्माण ढिलो भएको छ, त्यसैले व्यवसायीलाई मात्र दोष दिन मिल्दैन ।” त्यस्तै विकास निमार्णका डिजाइनको काम पनि अब सरकारले गर्ने बताएका छन् ।