असार ४, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले संघिय संसदलाई सम्बोधन गर्दै आफ्नो चीन भ्रमणका क्रममा मुलुकको वृहत्तर हित र राष्ट्रिय स्वभिमानलाई केन्द्रविन्दुमा राखी सहयोग, सहकार्य र लगानीमा केन्द्रिय भई सम्झौताहरु हुने बताएका छन् ।
चीनका प्रधानमन्त्रीको औपचारीक निमन्त्रणामा असार ५ देखि १० गते सम्म औपचारीक भ्रमणमा जाने तयारी रहेका प्रधानमन्त्री ओलीले आज संघिय संसदमा वोल्दै प्रधानमन्त्री ओलीले चीन सहयोगी भावना तथा विकास भएको देश भएकाले रेल, उर्जा, पूननिमार्ण सम्बन्धमा सम्झौता समझदारी हुनेमा सांसदहरुलाई विश्वास दिलाएका छन् । प्रधानमन्त्री ओलीले तातोपानी नाका तथा अन्य नाकाहरु थप गर्ने सम्भावना समेत रहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले छिमेकी देश चीनसँग नेपालको आर्थिक, सामाजिक, भावनात्मक रुपमा इतिहासँदेखि नै आत्मीयता तथा सहयोग हुँदै आएको र आगामि दिनमा अझ वृद्धि गरी समृद्ध नेपाल सुखी नेपाली भन्ने नारालाई सफल बनाउने बताएका छन् । छिमेकी देश चीनको भ्रमणका क्रममा पहिले भएका दुरगामी महत्वका सन्धी सम्झौताहरुलाई कार्यान्वयनका क्रममा अघि वढाउने र राष्ट्र र राष्ट्रियताका पक्षमा रहेका आर्थिक, सामाजिक विकासका सम्झौताहरु हुने बताएका छन् ।
प्रधानमन्त्री ओलीले नेपालका दुई छिमेकी देशहरुसँग सहयोग, सद्भाव तथा उत्कृष्ट सम्बन्धका साथ वर्तमान सरका अघि वढेको बताउँदै नेपालको भुमी प्रयोग गरी चीन विरुद्ध कुनै पनि गतिविधि गर्न नदिने उद्घोष गरेका छन् । त्यस्तै भ्रमणका क्रममा चीनका विशिष्ठ व्यक्तिहरुसँग भेट हुने समेत जानकारी गराएका छन् ।
प्रधानमन्त्री ओलीले तराईको डुवानको निम्ती टोलि निरिक्षणमा जाने तयारीमा रहेको बताउँदै सिमरा, भौरहवा, पोखरा लगायतका क्षेत्रमा हवाई रुट सञ्चालन गर्न दिने विषयमा भारतसँग सम्झौता भएको, काठमाडौं विरगञ्ज रेलवेलाईनको कार्य अघि वढाउन भारतीय टोली नेपाल आई सर्वे गर्ने कार्य शुरु गरिसकेकोले आगामि दिनमा नेपालमा विकासको गति तिव्र रुपमा अघि वढ्नेमा ढुक्क हुन तथा विकासका गतिविधिहरु तिव्र रुपमा अघि वढेकोले विपक्षि दलका सांसदहरुलाई नआत्तीन समेत आग्रह गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्