मनोरञ्जन

राष्ट्रिय झण्डा लिएर राजेश हमाल ‘जय जय नेपाल भन्दै



काठमाडौं । गीतकार आलोक चाम्लिगं राईको गीत ‘जय जय नेपाल…’ को भिडियो सार्वजनिक भएको छ । राष्ट्रिय भावनाले ओतप्रोत गीतमा गायक सिडी बिजय अधिकारी र मनिषा राईको स्वर रहेको छ ।

गीतको म्यूजिक भिडियोमा चलचित्रका महानायक राजेश हमालदेखि, सरोज खनाल, सरिता लामिछाने, एलिसा राई, लगायत कलाकारहरुको अभिनय रहेको छ । सशान कँडेलले निर्देशन गरेको भिडियोको उत्सब दाहालले छायांकन गरेका हुन् ।