असार ४, एजेन्सी । अफगानिस्तान सरकारले घोषणा गरेको तालिवानसँगको युद्धविरामको समय शनिबार थप गरेको भए पनि तालिबानले भने युद्धविरामको समयावधि बढाउन अस्वीकार गरेको छ ।
अफगानिस्तानका राष्ट्रपति असरफ गनिले भने टेलिभिजन सम्वोधनमार्फत् आइतबारदेखि तीन दिन युद्धविरामको समय बढाएका थिए । उनले सो समय बढाएर मङ्गलबारसम्म पुर्याएका थिए । सम्वोधन मार्फतनै उनले युद्धविराम गर्न तालिबान लडाकूलाई पनि आग्रह गरेको भएता पनि तालिवानले सो आग्रह अस्वीकार गरेको जनाइएको छ ।
मुस्लिम समुदायको सबैभन्दा ठूलो पर्व इद मनाउन उनीहरुले इदका लागि भन्दै तीनदिने युद्धविरामको घोषणा गरेका थिए । उनीहरुको युद्धविरामको समय आइतबार मध्यरातिसम्म रहेकोमा उनीहरुले उक्त समय लम्ब्याउन भने मानेनन् ।
त्यस्तै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले युद्धविरामको स्वागत गर्दै तालिबानहरुलाई पनि युद्धविरामको समयावधि बढाउन आग्रह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्