रोचक

६४ वर्षको उमेरमा जुम्ल्याहाको आमा



एजेन्सीः स्पेनमा एक महिलाले ६४ वर्षको उमेरमा जुम्ल्याहा बच्चालाई जन्म दिएकी छिन् । यो घटनाले सबैलाई आश्चर्यमा पारेको छ । सामान्य अवस्थामा लगभग ५० वर्षको उमेरमा रजस्वाला सुक्ने बताइन्छ ।

तर स्पेनमा देखिएको यो घटनलाई सबैलाई आश्चर्यमा परेको छ । यो घटनालाई प्राकृति नियम भन्दा फरक भएको बताइन थालिएको छ । ६४ वर्षिया ति महिलाले जुम्ल्याहा बच्चालाई त्यो पनि स्वस्थ जन्म दिएकी छिन् ।

स्पेनको रिकोलेटास अस्पतालको सिजरियन विभागले भने यो दुर्लभ घटनालाई सामान्य तरिकाले सल्टाएको छ ।

नाम नबताइएको महिलाले अमेरिकामा प्रजननको अवस्थाको उपचार गराइरहेकि स्पेनिस सञ्चार माध्यमले जनाएका छन् ।
सिजरिङको प्रयोगबाट बच्चा जन्माइएको भिडियो क्लिप अस्पतालले सार्वजनिक गरेको छ ।