विश्व

फ्रान्सका प्रधानमन्त्री चीन आउने



बेइजिङ, ४ माघ । फ्रान्सका प्रधानमन्त्री बेर्नाड काजेनुभले आगामी हप्ता चीनको भ्रमण गर्नुहुने भएको छ ।

उहाँको औपचारिक भ्रमण यही फेब्रुअरी २१ देखि २३ सम्म हुने चीनको विदेश मन्त्रालयका प्रवक्ता प्रेमियर लि क्विङले जानकारी दिनुभयो ।

भ्रमणका क्रममा फ्रान्सका प्रधानमन्त्री काजेनुभले चीनका राष्ट्रपति छि जिनपिङ र शीर्ष सांसदहरूलाई भेटघाट गर्ने कार्यक्रम रहेको प्रवक्ता क्विङले नियमित पत्रकार सम्मेलनमा बताउनुभयो । काजेनुभले बेइजिङ बाहेक ह्वानको पनि भ्रमण गर्नुहुनेछ ।

प्रवक्ता क्विङले विश्वमा शान्ति, स्थायीत्व र विकासका लागि योगदान गर्न चीनले फ्रान्ससँग बलियो र दिगो सुमधुर सम्बन्ध स्थापित गर्न चाहेको बताउनुभयो ।

“चीनले आशा गरेको छ की, काजेनुभको चीन भ्रमणले दुई देशको सम्बन्ध र आपसी मित्रता थप बलियो भई सहकार्यका क्षेत्रहरू विस्तार हुनुका साथै अन्य पक्षमा पनि सकारात्मक प्रभाव पर्नेछ, उहाँले भन्नुभयो । सिन्ह्वा