शैक्षिक

गैरकानुनी भन्दै ज्ञवालीद्वारा सर्वोच्च अदालतमा रिट दायर



काठमाडौँ ३ माघ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत पदबाट गैरकानूनी र बदनियतपूर्ण रुपमा हटाइएको भन्दै पूर्व सिइओ सुशील ज्ञवालीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

उनले काम गर्न दिन अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका हुन् । रिटमा ज्ञवालीलाई हटाउने र डा।गोविन्द राज पोखरेललाई नियुक्त गर्ने निर्णयको आदेशलाई बदर गर्न माग गरिएको छ । ज्ञवालीले पदबाट हटाएको एक सातापछि सर्वोच्वमा रिट दायर गरेका हुन ।

दायर टिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा डा पोखरेलाई समेत विपक्षी बनाइएको छ । ज्ञवालीले आफ्नो नेतृत्वमा प्राधिकरणले गरेका पुनर्निमाण सम्बन्धी समन्वयात्मक कार्य गरेको रिटमा उल्लेख गरेको छन् ।

उनलाईगत पुस २७ मा मन्त्रिपरिषद्ले ज्ञवालीलाई हटाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा डा पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

पुस १४ र २१ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णयानुसार ज्ञवालीसँग दुई पटक स्पष्टिकरण सोधिएको थियो ।