Banner News

स्थायीत्व, सद्भाव तथा समृद्धि अवको आधुनिक समाजवाद : चीन (संयुक्त वक्तव्यसहित)



असार ८, वेइजिङ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओली ६ दिने छिमेकी देश चीन भ्रमणका क्रममा रहेको समयमा दुईइ देशविच संयुक्त रुपमा वक्तव्य जारी गर्दै राजनैतिक स्थायीत्व, सामाजिक सद्भाव तथा आर्थिक समृद्धि नै अवको नयाँ नेपालको आधुनिक समाजवाद हुने बताइएको छ ।

संयुक्त वक्तव्य

‘सन् २०१७ मा चिनियाँ कम्युनिस्ट पार्टीको १९ औं राष्ट्रिय सम्मेलन तथा सन् २०१८ मा चिनियाँ जनताको राजनीतिक परामर्श सम्मेलन सफलतापूर्वक सम्पन्न भएकामा नेपाली पक्षले चीनलाई बधाई ज्ञापन गर्‍यो ।

नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवादबारे सी जिनपिङ विचारधाराको निर्देशनमा चिनियाँ जनताले यस शताब्दीका लागि तय गरेका दुई लक्ष्य पूरा गर्दै चीनलाई समृद्ध, शक्तिशाली, लोकतान्त्रिक, सांस्कृतिक अग्रगमनयुक्त, सद्भावपूर्ण तथा समृद्ध एक महान् आधुनिक समाजवादी देश बनाउने कुरामा नेपाली पक्षले आफ्नो विश्वास व्यक्त गर्‍यो ।’

चिनियाँ पक्षले नेपाल तथा नेपाली जनतालाई ऐतिहासिक तथा युगान्तकारी राजनीतिक रूपान्तरणसँगै राजनीतिक स्थायित्व र आर्थिक समृद्धि सहितको नयाँ युगको सुरुवातका लागि बधाई ज्ञापन गर्‍यो । नेपालमा सङ्घीय संरचनामा तीन तहका निर्वाचन सफलतापूर्वक सम्पन्न भई तिनै तहमा नयाँ सकार गठन भएकामा चीनले खुसी व्यक्त गर्‍यो ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गरी नेपाली जनताका लागि राजनीतिक स्थायीत्व, सामाजिक सद्भाव तथा आर्थिक समृद्धि दिने कुरामा चीनले विश्वास व्यक्त गर्‍यो । नेपालका विकास लक्ष्यको प्राप्तिका लागि आफ्नो क्षमता अनुसार सहयोग गर्ने कुरामा चीनले पूर्ण प्रतिवद्धता जनायो ।