असार ९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता, वन तथा वातावरण मन्त्री शक्तीबहादुर बस्नेतले स्वच्छ वातावरण निमार्ण गर्नु नै वर्तमान सरकारले लिएको नारा समृद्ध नेपाल सुखी नेपाली हुने बताएका छन् ।
स्वच्छ, सफा हराभरा, हाम्रो मनोहरा भन्ने मुख्य नाराका साथ मनोहरा सरसफाई तथा सम्पदा बचाउ नागरिक अभियानले आयोजना गरेको मनोहरा नदी सफाईको ६५ औं हप्ताको अभियानमा वोल्दै मन्त्री वस्नेतले सरकारले २०७५ साललाई सरसफाई महाअभियानको रुपमा घोषणा गरेको र अवको २/३ महिनामा नै नेपालका मुख्य मुख्य सहरहरु सफा र सुन्दर वनाई मानिसको स्वच्छ वातावरणमा वाच्न पाउने नैसर्गिक अधिकारको ज्ञारेन्टी गर्ने बताए । त्यस्तै मन्त्री वस्नेतले मनोहराको किनारमा अवको केहि दिनदेखि नै वृक्षारोपण कार्य शुरु हुने समेत उद्घोष गरे ।
त्यस्तै मन्त्री वस्नेतले मनोहराको करिडोर निमार्णको विषय तथा मनोहरामा आर्यघाट (मानिस जलाउने ठाउँ) लाई व्यवस्थित तथा पुनः निमार्णका सवालमा सम्बन्धीत मन्त्रालयसँग समन्वय गरी आवश्यक पहल गर्ने बताए । त्यस्तै मनोहरा नदी सफाईमा आफु र आफ्नो मन्त्रालयको तर्फबाट जस्तोसुकै सहयोग गर्न जहिले पनि हाजीर हुने समेत बताए ।

कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, नागरिक कर्मी, स्थानिय वासिन्दा, जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य रुपमा सहभागित भएको उक्त अभियानमा पाँच गाडी फोहोरको व्यवस्थापन गरेको छ ।












प्रतिक्रिया दिनुहोस्