असार १०, बाँके । नेपाली सेनाका मेजर धिरेन्द्र जंग शाही तथा रिम पौडेल लागु औषध ब्राउन सुगर कारोवारमा पक्राउ परेका छन् ।
जर शाहीलाई प्रहरीको विशेष टोलीले बाँकेको ढकेरीबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट ५४ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरी स्रोतले जनाएको छ । शाहीले श्रीमेयर गण शम्सेरगञ्जमा कार्यरत रहेको बताएका छन् ।
शाहीले सेनाको मेजर बताए पनि उनीसँगै परिचय खुल्ने कागज भने देखाउनु नसकेको प्रहरीले जनाएको छ । उनीहरु दुवै जना बाँके प्रहरीको हिरासतमा छन् ।










प्रतिक्रिया दिनुहोस्