असार १०, सप्तरी । वर्षा यामको शुरुसँगै सप्तरीको विष्णुपुर गाउँपालिका–६ स्थित खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागि केशरी यादवको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।
शनिबार साँझ परेको चट्याङ्मा परि ५० वर्षीया यादवको मृत्यु भएको हो । यस्तै, केशरीसँगै खेतमा मुगको दाल टिप्न गएकी २५ वर्षीया रिन्कु यादव चट्याङ लागेर घाइते भएकी छन् । उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्