असार १०, काठमाडौँ । नेपाल नर्सिङ परिषद्ले शनिबार लिएको नर्सिङ लाइसेन्स परीक्षाको नतिजा सार्बजनिक गरेको छ ।
शनिबारको परीक्षामा सहभागी हुन १ हजार ८११ जना नर्सले फारम भरेका थिए । तर परीक्षामा १३ जना नर्स अनुपस्थित रहे । २ जनाको नतिजा वीथ हेल्डमा राखिएको छ । परीक्षामा सहभागी कुल १ हजार ७९८ जना मध्ये ८५५ जना (४९.७८ प्रतिशत) मात्रै उत्तीर्ण भएका हुन्
चार महिना अघिको परीक्षामा भने ८० प्रतिशत नर्स उत्तीर्ण भएका थिए ।
प्रतिक्रिया दिनुहोस्