राजनीति

समितिको सभापति कांग्रेसले पाउनुपर्छ : नेता खाँड



असार १०, काठमाडौं । नेपाली काग्रेसका नेता बालकृष्ण खाँडले राष्ट्रियसभा तथा प्रतिनिधिसभामा समितिहरुको सभापति काग्रेसले पाउनेपर्ने बताएका छन् ।

संघीय संसद, प्रतिनिधिसभा र राष्ट्रियसभाले हालै मात्र कार्यसञ्चालन नियमावली पास गरेका छन् । यससँगै समितिहरु गठनका लागि बाटो खुलेको छ । बाटो खुलेसँगै नेता खाँडले भने समितिहरुमा सबै दलको सन्तुलित प्रतिनिधित्व हुनु पर्ने भन्दै प्रतिनिधिसभामा पनि लेखासहित केही समिति र राष्ट्रियसभामा पनि सभापति कांग्रेसले पाउनुपर्छ भन्ने धारणा प्रस्तुतग गरे ।

प्रमुख प्रतिपक्षिदल काग्रेसले कुन समितिमा कति सदस्य रहने र त्यसमा कांग्रेसको कति पाउने, अपर हाउसमा प्रतिपक्षको नेतृत्वमा समिति रहन्छ कि रहँदैन जस्ता विषय सत्तापक्षले टुंगो लगाउनुपर्ने र त्यसपछि मात्र समिति सदस्यहरुको नाम दिने वताए भने त्यस विषयमा सत्तापक्षले केही जवाफ दिएन । सत्ता पक्षले भने समितिको सभापतिहरु काग्रेसलाई नदिने संकेत गरेको छ ।

राष्ट्रियसभामा प्रत्यायोजित विधायन समिति, विधायन समिति, राष्ट्रिय सरोकार तथा समन्वय समिति र दिगो विकास समिति गरी ४ समिति गठन हुनेछ । त्यस्तै संघीय संसदको संसदीय सुनुवाइ विशेष समिति र संविधान कार्यान्वयन समितिमा राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदहरु सदस्य रहन्छन् ।