असार १०, काठमाडौं । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कानुन बनाउन नसक्दा जनताको वलिदानीवाट प्राप्त संघियतालाई मास्ने ठूलो षडयन्त्र भइरहेको बताएका छन् ।
काठमाडौंको चन्द्रागिरि नगरपालिकाको दोश्रो नगर सभालाई सम्वोधन गर्दै मुख्यमन्त्री पौडेलले ठूलो बलिदानीपूर्ण संघर्षबाट आएको लोकतान्त्रिक संघीय गणतन्त्र मास्ने चलखेललार्इ निस्तेज पार्नुपर्ने बताए । मुख्यमन्त्री पौडेले विकास जनमुखी र विकास निर्माणकार्यमा जनसहभागिता भयो भने मात्र विकास सम्भव हुने बताउँदै तीनवटै स्थानीय सरकार मिलेर नगए प्रदेश सरकारको औचित्य नहुने बताए ।
प्रदेश ३ सदस्य केशव राज पोखरेलले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै जनताहरूलाई सुशासन, जवाफदेहिता र पारदर्शिता कायम गर्न सकियो भने मात्र जनप्रतिनिधि भएको आभास महशुस हुने बताए ।
कार्यक्रममा बोल्दै चन्द्रागिरी नगरपालिका मेयर घनश्याम गिरीले समृद्ध नगर अभियान नेपालको सुरूङ्ग मार्ग, केवलकार र अब बन्ने रेल मार्ग निर्माण पश्चात् आधुनिकता र सम्पन्नतातर्फ लम्कने विश्वास व्यत्त गरे ।
प्रतिक्रिया दिनुहोस्