समाचार

आर्थिक विकास र समृद्धि अभियानलाई स्थानीय सरकारले विगुल फुक्नुपर्छ : मन्त्री पोखरेल



असार ११, काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले आर्थिक विकास तथा समृद्धिको अभियानलाई स्थानीय सरकारले विगुल फुक्नुपर्ने बताएका छन् ।

बूढानीलकण्ठ नगरपालिकाको दोस्रो नगरसभाको उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले मुलुकको विकास निर्माणको लागि संघीय सरकार र स्थानीय सरकारसँगसँगै जानुपर्ने बताए । उनले भने, “संघीय सरकारले विकासको विगुल फुक्नका लागि विकास र समृद्धिलाई प्रथामिकता राखेर काम गरिरहेको छ । स्थानीय तहले पनि संघीय सरकारले अघि सारेको कुरालाई प्राथमिकता दिनुपर्यो ।”

रक्षामन्त्री पोखरेलले विकास निर्माण गर्ने खालका नीति र कार्यक्रम ल्याउन आग्रह गरे । बूढानीलकण्ठ नगरपालिकामा सडक, खानेपानी ढलका समस्या रहेले ती समस्यालाई समाधान गर्न केन्द्रबाट सहयोग हुने बताए। त्यस्तै कनै पनि विकास निमार्णका कार्यलाई अघि वढाउँदा जनमुखी तथा व्यवहारिक रुपमा हुनुनपर्ने कुराहरुलाई ध्यान दिन आग्रह समेत गरे ।

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेलले रु ७५ करोड १४ लाख ४७ हजारको बजेट प्रस्तुत गर्ने बताए । त्यस्तै नगर प्रमुख खरेलले बूढानीलकण्ठ नगरपालिकालाई आर्थिक तथा सामाजिक रपान्तरण गर्दै देशकै नमुना नगरपालिका उबनाउने उद्घोष गरेका छन् ।