असार १२, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफुले वोलेको कुरा गरेरै छाड्ने र कसैको लोभलालचमा यता र उता ढल्कने कार्य नगरी सुशासन र विकासमा केन्द्रत हुने बताएका छन् ।
चीन भ्रमणको संसदमा जानकारी गराउँदै चीन भ्रमण राजनैतिक सम्बन्ध विस्तार तथा सहयोगको दायरा फराकिलो भएको बताए । भ्रमणका क्रममा रेल, उर्जा, व्यापार, जलस्रोत, विद्युत, संचार जस्ता कुराहरुमा सम्झौता भएको बताउँदै आन्तरिक स्रोत तथा बाह्य स्रोतको माध्यमबाट विकास गर्दै आर्थिक उन्नतीको बाटोमा अघि वढ्न उद्घोष गरेका छन् ।
सदनमा जानकारी दिदै मित्र राष्ट्रसँग भएको सम्झौता नै समृद्ध नेपाल सुखी नेपालीको एउटा आधार भएको बताउँदै क्षणीक हिसावले कसैको विरुद्धमा गैर जिम्मेवारी तरिकाले नचल्ने बताएका छन् । नेपालको लागि दुवै छिमेकी देशहरु विश्वासयोग्य र पारस्परिक सम्बन्ध र सहयोगका आधारमा वर्तमान सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
चीन भ्रमणमा जानु अघि सदनमा गराएको जानकारी भन्दा बढी उपलब्धी भएको बताउँदै वर्तमान सरकार तनावमा नभई शान्ति र समझादारीको पक्षमा रहेको बताए । सुशासन र विकासमा केन्द्रीत रहि सरकार अघि वढ्ने बताउँदै एकल प्रयास पर्याप्त नहुने बताउँदै चीनसँग सरकारी रुपमा १३ वटा र वाँकी ९ वटा गैर सरकारी संस्थासँग दुई पक्षिय सम्झौता भएको बताए ।
दुवै देश तथा विश्वका कुनै पनि देशसँग योगदान र सहकार्यको अपेक्षा गर्दै अघि वढ्ने बताउँदै विगतमा भएका कमजोरी भए उचित निष्कर्ष निकाली त्यसको समस्या समाधान गर्ने बताए । त्यसै क्रममा कुरा उठाउन र निष्कर्षमा नपुर्याउनुको कुनै तुक नहुने बताउँदै वर्तमान सरकारले छिमेकी देश भारत तथा चीनसँग भएका सम्झौताहरु तदारुपताका साथ अघि वढ्ने जानकारी गराएका छन् ।










प्रतिक्रिया दिनुहोस्