समाचार

एसईई नतिजा : त्रुटि छानबिन समिति गठन, संयोजकमा थपलिया



असार १२, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को परीक्षाफलमा देखिएका प्राविधिक त्रुटिबारे छानबिन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा सेवा आयोगका प्रशासकीय प्रमुख डा. तुलसी प्रसाद थपलियाको संयोजकत्यवमा तीन सदस्यिय छानबिन समिति गठन गरेको छ ।

शनिबार प्रकाशित नतिजालाई लिएर व्यापक आलोचना भएपछि मन्त्रालयले सो समिति गठन गरेको हो । समितिमा थपलियाको संयोजकत्वमा गठित समितिमा उपसचिव शम्भुराज रेग्मी र उपसचिव दिनेश खनाल छन् ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरबाट प्रकाशित परीक्षाफलमा प्राविधिक समस्या पहिचान गरी समाधान गर्दा पूर्वप्रकाशित परीक्षाफलमा केही परीक्षार्थीको मूल अभिलेखबमोजिम परीक्षाफल संशोधन भएपनि उक्त नतिजामा देखिएको त्रुटिका सम्बन्धमा यथार्थ अध्ययन गरी प्रतिवेदन पेश गर्न मन्त्रालयले निर्देशन दिएको छ ।