राजनीति

असार १५ देखि आदिवासी जनजाति चलचित्र महोत्सव



असार १२, काठमाडौँ । आदिवासी जनजाति चलचित्र महासंघले असार १५देखि आदिवासी जनजाति चलचित्र महोत्सव–२०७५ आयोजना गर्ने भएको छ ।

चलचित्रको माध्यमबाट आदिवासी जनजातिको मौलिक कला, संस्कृति, भाषा, धर्म तथा प्रथाको दस्तावेजीकरण तथा संरक्षण गर्ने उदेश्यले महोत्सव गर्न लागेको हो । भाषाको ‘सिलु’ नामक चलचित्रको निर्माण भएदेखि हालसम्म ६०० भन्दा बढी आदिवासी जनजातिसम्बद्ध कथानक चलचित्र निर्माण भइसकेको महासंघले जनाएको छ ।

आदिवासी जनजातिले रु १५ लाखदेखि रु ६० लाखसम्मको लागतमा चलचित्र निर्माण गर्दै आएको छ । चलचित्रमा गुरुङ भाषाको ‘मैरिमो, माझीको ‘लदी पूजा, शेर्पाको टिन्छेन ‘फमा, राजवंशीको ‘दुलारी, राईको ‘ढवाङ्गकुम’, सुनुवारको ‘गो सु नङ्गा’, थारुको ‘टुटल जिन्गी’ र ‘मन्दरा’, गुरुङको ‘पा’, मगरको ‘रैयाँ’ र ‘तमसुक’, तामाङको ‘मायासे लासी ३’ तथा नेपाल भाषाको ‘कमल पोखरी’ र ‘तापलय’ गरी १४ वटा चलचित्र प्रदर्शन गरिनेछ ।