(असार १३, भक्तपुर) । भक्तपुर जिल्लाको सुर्यविनायक नगरपालिकाका मेयर वाशुदेव थापाले भ्रष्टचार तथा कमिशन एक रुपैया मात्र लिएको कसैले प्रमाण पेश गरे भने तुरुन्तै राजिनामा दिने बताएका छन् ।
आज पत्रकार सम्मेलन गर्दै नरगप्रमुख थापाले नगरसभाबाट कुल बजेट ७६ करोड ४५ लाख २७ हजार रुपैयाँ पारित भएको बताए । मन्त्रालयबाट प्राप्त वित्तीय समानीकरण अनुदान अन्र्तगत रु ४९ करोड २० लाख ६२ हजार रुपैयाँ रहेको छ । आन्तरिक आय र राजश्व बाँडफाडँ बाट प्राप्त आय २७ करोड २४ लाख ६२ हजार रहेको छ । जसमा पुँजीगततर्फ ३७ करोड २० लाख ८४ हजार रुपैयाँँ विनियोजन गरिएको छ । चालूतर्फ ३९ करोड २४ लाख ४३ हजार विनियोजित गरिएको थापाले जानकारी दिएका छन् ।
सूर्यविनायकमा कार्यान्वयनमा रहेका राष्ट्रिय प्राणी उद्यान, हनुमन्ते कोरीडोर निर्माण, नयाँ शहर निर्माण जस्ता गौरवका आयोजनाहरुलाई छिटो छरितो रुपमा सम्पन्न गर्न नगरपालिकाले सक्दो सहयोग र समन्वय गर्दे जाने विषयलाई नीति मार्फत सम्बोधन गरिएको थापाले जानकारी दिएका छन् । नगरपालिकाको वस्ती विकासका निम्ति सडक क्षेत्रलार्ई नै पहिलो प्राथमिकता दिएको बताउँदै थापाले कूल बजेटको ७० प्रतिशत रकम सडक पूर्वाधारण विकासका लागि विनियोजन गरिएको बताए । त्यस्तै नगरपालिकाले शिक्षा, स्वास्थ्य, यातायात र सफाई पहिलो प्रथामिकता दिएको थापाले बताए ।
नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत चिरन्जीवि तिमल्सिनाले विगतमा उपभोक्ता समितिमार्फत भएका विकास योजनाहरुका बारेमा टिकाटिप्पणी आएकाले नगरपालिकाले अबका दिनमा निश्चित योजना बाहेक उपभोक्ता समिति मार्फत योजना सम्पन्न नगर्ने बताए । उनले सरकारका सहयोगीका रुपमा आउने गैरसकारी संस्थाका कार्यक्रमहरु नगरपालिका मातहतमा आउनुपर्ने बताए । उनले भने ‘गैरसरकारी संस्थाका कार्यक्रमहरु अब स्थानीय सरकारको मातहतमा आउनुपर्दछ । हैन भने यस्ता संस्थाका कार्यक्रमहरुलाई हामी निरुत्साहित गर्नेछौं ।’











प्रतिक्रिया दिनुहोस्