समाचार

मितिनी नेपालको प्राविधिक कार्य : दुई दिने धुपको तालीम शुरु



असार १४, काठमाडौं । यौनिक तथा अ‍ैङ्गिक अल्पसंख्यक समुदायका महिलाहरुको हक र अधिकारको निम्ती वकालत गर्ने मितिनी नेपालले प्राविधिक कार्यलाई प्राथमिकता दिने सवालमा दुई दिने बाटेको धुपको तालिम शुरु गरेको छ ।

मितिनी नेपाल बिगत १३ बर्ष देखि निरन्तर रुपमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका महिलाहरुको हक अधिकारको पक्षमा वकालत गर्दै आइरहेको छ । बिशेष गरेर महिला समलिङ्गीहरुको यौनिकताको पहिचान गराउने, उनिहरुको अस्तित्वको कदर गर्ने वातावरण तयार पार्ने, घर परिवार तथा समाजबाट बहिस्कृत भएका महिला समलिङ्गीहरुलाई समाजमा पुनः स्थापित गराउने, मानव अधिकारको रक्षा गर्ने, यौनिक तथा लैङ्गिक अल्पसंख्यक पहिचान तथा व्यवाहारको आधारमा गरिने हरेक प्रकारको भेदभाव तथा दुर्रव्यवाहारको बिरुद्ध सशक्त आवाज उठाउन, अप्ठ्यारो परेका महिला समलिङ्गीहरुलाई कानुनी उपचारको लागि पहल गर्ने तथा परामर्श दिन, सिपमुलक तथा क्षमता अविवृद्धिका कार्यक्रम मार्फत महिला समलिङ्गीहरुलाई सशक्तिकरण गरी आत्म निर्भर बनाउने काम गर्दै आइरहेको छ ।

आज मिति २०७५ असार १४ गतेको दिन मितिनी नेपालले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका महिला, द्वन्द पिडीत महिला, ज्येष्ठ नागरिक महिला, दलित महिला, नर्स तथा अन्य महिलाहरुको सहभागितामा २ दिने बाटेको धुपको तालिम शुरु गरेको छ । यस तालिमले बिभिन्न समुदायका बेरोजगारी महिलाहरुको आयआर्जन गर्नमा सहयोग पु¥याउने उदेश्यले शुरु गरिएको तालिममा १५ जना सहभागिहरु उपस्थित थिए ।

उपस्थित सहभागिहरुले आफ्नो क्षमता बृद्धि र आत्मनिर्भर हुनको लागि यो तालिममा सहभागि भएको बताए साथसाथै यस तालिम लिइसकेपछि केहिले आफै सानो व्यवसाय गर्ने र केहिले आफै प्रशिक्षक भएर तालिम प्रदान गर्ने बताए । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायकोे हक अधिकारको लागि मात्र काम गर्ने संस्था भएतापनि अन्य महिलाहरुलाई पनि यसरी सहभागिता गराई तालिम प्रदान गरी यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई चिन्न पाएकोमा उपस्थित सहभागिहरुले खुशि व्यक्त गरे ।