Banner News

सरकार द्दवारा संघीय प्रहरी ऐन स्वीकृत



काठमाण्डौं, १५ असार । मन्त्रीपरिषदले संघीय प्रहरी ऐन स्वीकृत गरेको छ । शुक्रबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद बैठकले नेपाल प्रहरीलाई संघीय संरचना लैजाने गरी प्रहरी ऐन स्वीकृत गरेको हो ।

बैठकले सशस्त्र प्रहरीको सेवा, शर्त र कार्यसम्पादन नियमावली पनि स्वीकृत गरेको छ । यसैगरी बैठकले योग विश्वविद्यालय स्थापना गर्न स्वीकृति प्रदान गरेको छ ।