Banner News

लोकतन्त्र खतरामा छ’ भनेर जनतामा भ्रम नछर्न प्रधानमन्त्रीओलीद्वारा आग्रह



असार १५ काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लोकतन्त्र खतरामा छ’ भनेर जनतामा भ्रम नछर्न आग्रह गरेका छन् ।

शुक्रबार आर्थिक बर्षको विनियोजन विधेयकमाथि संसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै ओलीले राजश्व अनुसन्धान, राष्ट्रिय अनुसन्धान लगायतका निकायलाई प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको बताए ।

सरकार लोकतन्त्र प्रतिवद्ध रहेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘लोकतन्त्र जान्छ कहाँ ? लोकतन्त्र जान्छ भने आउँछ के ? जनताको जागरण, एकता र ठूलो संघर्षबाट आएको लोकतन्त्रलाई कुन तागतले यसलाई पन्छाउन सक्छ ।’

केटाकेटीलाई हाउगुजी देखाएजस्तो आशंका भ्रम फैलाउने कुरा देशका लागि हितकार नभएको भन्दै उनले तिव्रताका साथमा चौतर्फी रुपमा एकैसाथ गर्नुपर्ने बताए । उनले विदेशीको पैसाले पहाड प्वाल पारेर पानी ल्याउँदा किन प्वाल पारेको भनेर प्रश्न गर्न नमिल्ने बताए ।