असार १६, न्युयोर्क । तामाङ समाज न्युयोर्कले सपथ ग्रहण तथा वधाई कार्यक्रम संपन्न गरेको छ ।
गोमा योन्जनको अध्यक्षतामा निर्वाचित ११ सदस्यीय पुर्ण कार्यसमितिलाई सपथ ग्रहण गराउदै पुर्णता दिईएको हो।
अध्यक्ष गोमा योन्जन लगायत उपाध्यक्ष-निमा गोले, सचिव-दिपेन्द्र लामा (मोक्तान), कोषाध्यक्ष रमला तामाङ, सह कोषाध्यक्ष माया लामा, सह सचिव-रोज़ लामा र सदस्यहरु निमा लामु लामा, सृजना लामा, लाल तामाङ, नुर्वु लामा, र विजय नेर्देन ज्यु लाई केन्द्रीय संगठनको तर्फबाट हार्दिक बधाई एवं शुभकामना ब्यक्त गरेको तामाङ समाज उत्तर अमेरिका लक्यान लामाले जानकारी दिएका छन ।
नव निर्वाचित कमिटीलाई केन्द्रीय पुर्व अध्यक्षहरु सुबास लामा ईन्द्र तामाङ राम तामाङ सुर्य तामाङ भरत लामा एनआरएन महासचिव बाबुराम लामा, एनआरएन सह-कोषाध्यक्ष पवन योन्जन र तदर्थ कमिटी संयोजक छेमाङ लामाले शुभकामना दिदै कमिटी संयोजक छेमाङ लामाले विधान र संस्था दर्ताको सर्टिफ़िकेट अध्यक्ष र सचिव लाई हस्तान्तरण गरेका छन ।










प्रतिक्रिया दिनुहोस्