काठमाडौं, ७ फागुन: राष्ट्रपति विद्यादेवी भण्डारीले ६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस २०७३ ले हामी सबैलाई प्रजातन्त्रको आधारभूत मूल्य र मान्यता आत्मसात् गर्दै अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छिन् ।
इतिहासको लामो कालखण्डको विविध आरोह–अवरोहको उचित मूल्याङ्कन गर्दै त्यसबाट प्राप्त अनुभव तथा पाठबाट निर्देशित भएर सुशासन, शान्ति र सहमतिलाई आत्मसात् गरी अगाडि बढ्नु हाम्रो साझा जिम्मेवारी र दायित्व हो भन्दै आफ्नो शुभकामना सन्देशमा उनले संविधानले व्यवस्था गरेअनुसारको आवधिक निर्वाचनमार्फत नागरिक अधिकारको सम्मान गर्नुपर्नेमा जोड दिइन ।
प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले प्रजातन्त्रलाई जीवन पद्धति बनाएर अगाडि बढ्ने प्रेरणा हामी सबै नेपालीमा प्राप्त हुन सकोस् भन्ने शुभकामना व्यक्त गरिन् ।
प्रतिक्रिया दिनुहोस्