राजनीति

सडक आन्दोलनको नाममा नेविसंघ उत्रीयो तोडफेडमा



असार १७, दाङ । प्रमुख प्रतिपक्षिदल नेपाली काग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सडक आन्दोलनका क्रममा सरकारी सवारी साधनहरु तोडफोड गरेको छ ।

मूल्य वृद्धि फिर्तालगायत माग राख्दै आन्दोलनरत नेविसंघका विद्यार्थीहरुले दाङको तुलसीपुरमा आज तीनवटा सरकारी गाडीमा तोडफोड गरेका छन् । संघले केन्द्रीय कार्यक्रम अनुसार आज जिल्लामा सरकारी कार्यालयका गाडी सञ्चालनमा रोक लगाएको थियो । आफ्नो संघको आन्दोलनका क्रममा सरकारले वेवस्था गरी गाडी कुदाएकोमा तोडफोड भएको आन्दोलन पक्षले दावी गरेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार विद्यार्थीहरुले जिल्ला प्राविधिक कार्यालय रुकुमको बा १ झ ८४२२, अदुवा अनुसन्धान केन्द्र सल्यानको बा २ झ ३०७० तथा आन्तरिक राजश्व कार्यालय तुलसीपुरको मोटरसाइकल तोडफोड गरेका हुन । गाडी तोडफोड गरेको आरोपमा प्रहरीले दंगिशरण गाउँपालिका–७ का प्रकाश चौधरीलाई पक्राउ गरेको छ ।