राजनीति

चिकित्सा शिक्षा अध्यादेश हुबहु हुँदैन, शिक्षा र स्वास्थ्यमा देखिएको बेथिती अन्त्य : मन्त्री पोखरेल



असार १७, काठमाडौं । शिक्षामन्त्री गिरिराज मणी पोखरेलले चिकित्सा शिक्षा अध्यादेश हुबहुन नहुने तर शिक्ष र स्वास्थ्य क्षेत्रमा देखिएका वेथितीहरुको अन्त्य हुने बताएका छन् ।

प्रमुख प्रतिपक्षिद नेपाली काग्रेसले संसद अवरुद्ध गर्ने चेतावनी दिएपश्चात मन्त्री पोखरेलले आज पत्रकार सम्मेलन गर्दै सरकारको आधिकारीक धारणा प्रस्तुत गर्दै डा. गोविन्द केसीलाई नेतृत्वमा बसेर काम गर्न आग्रह गरे । मन्त्री पोखरेलले सरकारले काठमाडौंमा उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाइने प्रावधान हटाएकोमा बारे स्पष्ट पार्दै भने चिकित्सा शिक्षा आयोग मेडिकल कलेज खोल्ने नखोल्ने भनेर आएको होइन, शिक्षा र स्वास्थ्यको क्षेत्रमा देखिएको बेथिती अन्त्य गर्न हो ।

मेडिकल कलेजको सम्बन्धन लगायतका विषयमा मापदण्ड बनाउने अधिकार आयोगलाई नै दिइएको मन्त्री पोखरेलले बताए । त्रिभुवन विश्वविद्यालयले ७ र काठमाडौं विश्वविद्यालयले ९ वटा मेडिकल कलेजलाई सम्बन्धन दिइसकेकाले अरुले नपाउने अवस्था आएको उनले बताए । पूर्वाञ्चल विश्वविद्यालयले पूर्वमा सम्बन्धन दिनुपर्ने तर, सुरुमा ३०० शैयाको अस्पताल सञ्चालन सहज नभएको मन्त्री पोखरेलले बताए । उनले भने, ‘आशय पत्र लिँदा बिर्तामोड, विराटनगर लगायतका अस्पताललाई मिलाए हुन्छ । सम्बन्धन लिने बेलासम्म आफैं अस्पताल सञ्चालन भए हुन्छ ।’

प्रमुख विपक्षी कांग्रेसले पनि अध्यादेशको मूलमर्म नै तोडमोड गरिएको भन्दै संसदको नियम निलम्वन गरेर विधेयक अगाडि बढाउने कार्यमा सहयोग गर्न नसक्ने बताएको छ ।

जुम्लामा आमरण अनसनरत डा. गोविन्द केसीले प्राविधिक त्रुटी सच्याउनेबाहेक अन्य संशोधन गर्न नहुने बताएका छन् ।