सम्पादकीय

प्रधानमन्त्री कार्यालयमा बन्दै छ १० करोडको ‘वार रुम’



वारास्थित दोस्रो  अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कहाँ पुग्यो ?  निर्माणका क्रममा केही समस्या पो निम्तियो कि ? या मेलम्ची खानेपानी आयोजनको काम कहाँ अल्झिएको छ। आजको कान्तिपुरदैनिकमा यो खबर छापिएको छ ।

अन्तरमन्त्रालय समस्याले मध्य पहाडी लोकमार्ग परियोजना रोकिएको पो छ कि ?  राष्ट्रिय गौरवका आयोजनाका यस्तै परियोजनालाई सरकारले प्राथमिकतामा राखेर काम अघि बढाएका योजनाको द्रुत निगरानी र तत्कालै ‘एक्सन’ मा जान प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा ‘वार रुम’ बन्दै छ।

नतिजा व्यवस्थापन महाशाखाअन्तर्गत रहने गरी करिब १० करोड रुपैयाँ खर्चिएर ‘वार रुम’ तaयार गर्न थालिएको हो।

सोही महाशाखाअन्तर्गत भर्खरै स्थापना गरिएको ‘तत्काल समस्या समाधान केन्द्र’ ले सरकारले प्राथमिकतामा राखेका विकास निर्माणसम्बन्धी आयोजना र तत्काल आइपर्ने समस्या समाधानलगायत महत्वपूर्ण विषयमा प्रत्यक्ष संवाद गरी निर्णयमा पुग्न सहयोग पुग्ने गरी ‘वार रुम’ को अवधारणा अघि बढाएको छ ।