असार २०, काठमाडौं । नेपाल सरकारका गृहमन्त्री तथा नेकपाका नेता राम बहादुर थापाले कानुनभन्दा माथि कोही नहुने र जो कोही हुन खोजे तानाशाह हुने भएकोले डा. गोविन्द केसीको शैलि अधिनायकवादी भएको बताएका छन् ।
बुधबार संसदलाई सम्बोधन गर्दै गृहमन्त्री बादलले अनसनका भरमा स्वास्थ्य नीति बनाउन खोज्नु अधिनायकवादी शैली भएको बताउँदै डा. गोविन्द केसीलाई गिरफ्तार नगरिएको र विरोध गर्न रोक नलगाएको बताए । लोकतान्त्रीक गणतन्त्रमा जो कोहीले विरोध गर्ने अधिकार भएको तर त्यसको निश्चित ठाउँ र सिमा हुने बताए । कुनै पनि संवेदनशिल ठाउँमा अनसन वस्नु नहुने भन्दै संवेदनशिल ठाउँ भन्दा फरक ठाउँमा डा. केसीले अनसन वसे सरकारले त्यसलाई स्विकार्ने बताए । गृहमन्त्री थापाले विद्रोह भए सरकारले सम्मान गर्ने तर, प्रतिविद्रोह भए कानुन विपरीत हुने र त्यसलाई कानुनको दायरामा ल्याउने बताए ।
डा। केसीको मागको सुनुवाई गर्ने या नगर्ने भन्ने अधिकार नभएको भन्दै त्यो विधेयक पास गर्ने या नगर्ने भन्ने सदनको जिम्मा रहेको उल्लेख गरे । डा. केसीलाई उनले भने अवका दिनमा सडकमा आन्दोलन गरेर समस्या समाधान नहुने भन्दै वार्ता र संवादको माध्यम प्रयोग गरी अघि वढ्न आग्रह समेत गरे ।
गृहमन्त्री थापाले छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आमरण अनशनमा बसेकी गंगामायाको अनशनका विषयलाई राजनीतिक ढंगबाट हल गर्नुपर्ने भन्दै त्यसमा प्रमुख राजनीतिक दलहरु सहमत भइसकेको पनि बताए । उनले गंगामायाको लागि मात्र नभई आन्दोलनमा मृत्यु भएका १७ हजारको हाशुलाई मध्यनजर गर्दै राजनैतिक ढंगले समस्या समाधान गर्नुपर्ने बताए । त्यस्तै मन्त्री थापाले यस्ता कुनै पनि अतिरञ्जित कुराहरुलाई राजनैतिक दलले पक्षपोषण गरी आवेगमा ल्याउने कार्य नगर्न आग्रह समत गरे ।










प्रतिक्रिया दिनुहोस्