असार २२, काठमाडौं । विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत क्वाटरफाइनलका खेलहरु शुक्रबार उरुग्वे र फ्रान्स तथा ब्राजिल र बेल्जियम आमुन्नेसामुन्न हुने भएका छन् ।
रुसमा जारी प्रतियोगितामा पहिलो क्वाटरफाइनल खेलमा विश्वकप पूर्वविजेता राष्ट्र उरुग्वे र फ्रान्स भिड्नेछन् । यो खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजे हुने छ ।
शनिबार राति ७ः४५ बजे तेस्रो क्वाटरफाइनल खेलमा स्वीडेन र इङ्ग्ल्यान्ड तथा चौथो तथा अन्तिम खेलमा राति ११ः४५ बजे आयोजक रुस र क्रोयसिया आमनेसामने हुनेछन् । सेमिफाइनल खेल असार २६ र २७ गते हुनेछ ।










प्रतिक्रिया दिनुहोस्