काठमाण्डौ,७ फागुन । राप्रपा नेपालको महाधिवेशनमा मतदान प्रणालीको विषयमा कुरा नमिलेपछि मतदान प्रक्रिया शूरु हुन ढिलाई हुने भएको छ । अध्यक्षका प्रत्यासी डा. प्रकाशचन्द्र लोहनीका पक्षधरहरुले इलोक्ट्रोनिक प्रक्रियामा धाधली हुन सक्ने भन्दै विवाद खडा गरे पछि मतदान प्रक्रिया अनिश्चित बन्न पुगेको हो ।
अघिल्लो महाधिवेशनमा इलोक्ट्रोनिक मेशिन प्रयोग गरेर कमल थापाले अनुचित भोट ल्याई ठूलो मतान्तरले अर्का प्रत्यासी पद्मसुन्दर लावतीलाई हराएको प्रंसग सेलाउन नपाँउदै यस पटक समेत सोही मेसिनबाट मतदान गर्ने विषयलाई लिएर दूई पक्षबीच विवाद बढेर गएको हो ।
एकीकृत राप्रपाको महाधिवेशनमा मतदानका लागि प्रयोग गर्न लागिएको इलेक्ट्रोनिक भोटिङ मेसिनको माध्यममा धाधली हुन सक्ने भएकाले अध्यक्षका अर्को प्रत्यासीलोहनी पक्षधरहरुले व्यालेट सिष्टमबाट मात्र मतदान प्रक्रियामा भाग लिने अडान लिएसँगै मतदान प्रक्रिया अनिश्चित बन्न पुगेको हो । अझैं लम्बने संकेत देखिइएको छ ।
सफ्टवेयरबाट चल्ने मेशिनमा घुसपैठ भएको खुलासा भएसँगै राप्रपा महाधिवेशनको बन्दसत्रमा होहल्ला समेत मच्चिएको थियो ।
डालोहनीले मतदान प्रकृयामा असन्तुष्टि जनाउँदै व्यालेटमा मतपत्रमार्फत मतदान गरिएमात्र चुनावमा भाग लिने नत्र प्रकृयानै बहिस्कार गर्ने भन्दै उनका कार्यकर्ताले महाधिवेशनस्थल वरिपरी नारावाजी गरिहेका छन् ।
प्रतिक्रिया दिनुहोस्