असार २३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले तिरेको करबाट तलब खाने कर्मचारीले आफ्नो काम गर्नु पर्ने भन्दै उनले राजनीतिक गर्ने भए पार्टी प्रवेश गर्न डा. केसीलाई आग्रह गरेका छन् ।
प्रदेश २ का नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का सांसदहरुसँ बालुवाटार कुरा गर्दै प्रधानमन्त्री ओलीले प्रदेश २ को विकाससँगै समग्र राजनीतिक परिस्थितिबारे सांसदहरुलाई जानकारी गराएका छन् । त्यस्तै उक्त कार्यक्रममा वाल्दै प्रधानमन्त्री ओलीले उपत्यकामा जारी गरिएको निषेधाज्ञा कुनै पनि हालतमा फिर्ता नहुने बताएका छन् । डा. गोविन्द केसीले आमरण अनसन बस्दैमा काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न रोक लगाउन नसकिने समेत बताए ।
लोकतन्त्र भनेको छाडातन्त्र नभएको बताउँदै प्रधानमन्त्री ओलीले सरकार निरंकुश भएको विपक्षीहरुको दाबी खण्डन गर्दै उनले आफूहरु पनि लडेर आएको भन्दै अधिनायकवादको कल्पना समेत गर्न नसकिने बताएका छन् ।
कांग्रेसतर्फ लक्षित गर्दै उनले कुनै व्यक्तिलाई अगाडि सारेर मुद्दा बनाएको भरमा सरकारले स्वीकार नगर्ने बताए । साथै हिजो आफू सरकारमा हुँदा के गरिएको थियो भन्ने हेक्का राख्न पनि आग्रह समेत गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्