असार २७, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पार्टी एकतालाई मुर्तरुप दिन एक साताभित्र विधान मस्यौदा समिति बनाउने भएको छ ।
काँग्रेसले विजय गच्छेदारको पार्टीसँग पार्टी एकताका क्रममा भएका सहमति कार्यान्वयन नभएको भन्दै गच्छेदारले असन्तुष्टि जनाएपश्चात सो कार्य अघि वढाएको हो ।
काँग्रेसको विधानमा पदाधिकारी नियुक्तिका लागि केन्द्रीय सदस्य निर्वाचित हुनै पर्ने प्रावधान रहेको छ । त्यसैले पनि विधान संशोधन अपरिहार्य रहेको नेताहरुले बताएका छन् ।
यस्तै, महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमाविधान मस्यौदा समिति गठन भएको छ । अन्य सदस्यको बारेमा भने टुंगो नलागेको बताइएको छ । त्यस्तै अनुशासन समिति गठनको प्रक्रिया पनि अघि बढाएको छ ।










प्रतिक्रिया दिनुहोस्